१२ करोडको आईपीओ निष्काशन अनुमति माग्दै चिरख्वा हाइड्रोपावर बोर्ड पुग्यो

<p>काठमाडौं । आईपीओ निष्काशन गर्न अनुमति माग्दै चिरख्वा हाइड्रोपावर कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीले कात्तिक १७ गते आईपीओ निष्काशनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई १२ करोड रुपैयाँ बराबरको १२ लाख [&hellip;]</p>

काठमाडौं । आईपीओ निष्काशन गर्न अनुमति माग्दै चिरख्वा हाइड्रोपावर कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीले कात्तिक १७ गते आईपीओ निष्काशनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले सर्वसाधारण लगानीकर्तालाई १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति मागेको हो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिङ्ग लिमिटेड रहेको छ ।

Share News