अब एकीकृत कारोबार पछि सेयर रोक्का हुने, आजदेखि निर्देशिका लागू

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ लागू गरेको छ । सेबोनको बुधबार बसेको सञ्चालक समिति बैठकले संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ पारित गरेसँगै बिहीबारदेखि लागू भएको हो । ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ लागू गरेको छ । सेबोनको बुधबार बसेको सञ्चालक समिति बैठकले संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ पारित गरेसँगै बिहीबारदेखि लागू भएको हो ।

‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने भएमा बोर्डबाट पूर्व स्वीकृति लिनु पर्ने व्यवस्था सहित संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी अन्य व्यवस्था निर्देशिका लागू हुनेछ ।’ बोर्डले भनेको छ ।

यो निर्देशिका लागू भएसँगै मर्जर प्रक्रियामा रहेका कम्पनीहरुको सेयर कारोबार फुकुवा हुनेछ ।

निर्देशिका लागूभएसँगै गाभ्ने र गाभिने तथा प्राप्तिमा गएका कम्पनीहरुको सेयर कारोबार १५ दिन बढी भन्दा बढी समय रोक्का हुनेछ । अब मर्जर तथा एक्विजिसन पश्चात् कम्पनीको एकिकृत कारोबार भएपछि १५ दिनमात्रै सेयर कारोबार रोक्का हुनेछ ।

‘एकीकृत व्यवसायिक कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण लगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्नेछ,’ निर्देशिकामा भनिएको छ ।

यस्तै, बोर्डबाट गाभ्ने/गाभिने वा प्राप्तिका लागि स्वीकृति प्राप्त गरेका संगठित संस्थाले प्रचलित कम्पनी सम्बन्धी कानून बमोजिम एकीकृत व्यवसायिक कारोबारको स्वीकृति प्राप्त गरेपश्चात् सो को जानकारी सहित एकीकृत व्यवसायिक कारोबार गर्ने मितिको जानकारी बोर्ड, धितोपत्र बजार तथा केन्द्रीय निक्षेप कम्पनीलाई दिनु पर्ने व्यवस्था निर्देशिकामा छ ।

[pdf id=363410]

Share News