आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्न आइएमईले बोलायो साधारणसभा

<p>काठमाडौं । आइएमई लिमिटेडले मंसिर १६ गतेको लागि साधारणसभा बोलाएको छ । कम्पनीको बुधबार बसेको बैठकले लाजिम्पाटस्थित ले हिमालय होटलमा दिउँसो ३ बजेको लागि वार्षिक साधारणसभा बोलाएको हो । साधारणसभाले सर्वसाधरणको लागि आइपीओ जारी गर्ने विषयमा निर्णय गर्नुको साथै बोनश सेयर जारी गरी चुक्ता पूँजी जारी गर्ने बताइएको छ । यस्तौ, सभाले संचालक समितिको २०७८/७९ [&hellip;]</p>

काठमाडौं । आइएमई लिमिटेडले मंसिर १६ गतेको लागि साधारणसभा बोलाएको छ । कम्पनीको बुधबार बसेको बैठकले लाजिम्पाटस्थित ले हिमालय होटलमा दिउँसो ३ बजेको लागि वार्षिक साधारणसभा बोलाएको हो ।

साधारणसभाले सर्वसाधरणको लागि आइपीओ जारी गर्ने विषयमा निर्णय गर्नुको साथै बोनश सेयर जारी गरी चुक्ता पूँजी जारी गर्ने बताइएको छ ।

यस्तौ, सभाले संचालक समितिको २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात तथा २०७८ साउन १ देखि २०७९ असार मसान्तसम्मको नाफा-नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण सम्बन्धी विषयमा छलफल गरी स्वीकृत गर्ने र लेखापरीक्षक नियुक्ति गर्ने कम्पनीले जनाएको छ ।

Share News