काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बृद्धि भएको छ । आज छापावाला सुन तोलामा १ हजार रुपैयाँले बृद्धि भई प्रति तोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज तेजावी सुन प्रति तोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा ३० रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।