काठमाडौं । सोमबार केही अंकले उकालो लागेको सेयर बजार मंगलबार पुन: ओराले लागेको छ । नेपल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार मंगलबार सेयर बजार ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा पुगेको छ ।
नेप्से यसरी ओरालो लाग्दा मंगलबार २७ लाख ४५ हजार १०९ कित्ता सेयर किनबेच हुँदा एक अर्ब दुई करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ ।
आज सर्वाधिक कमाउनेमा सिदार्थ म्युचल फण्ड-१, गुमाउनेमा तारागाउँ रिजेन्सी होटल र कारोबार हुनेमा हिमालयन डिस्टिलरी रहेको छ ।