काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १३.०२ प्रतिशत बढेर ७ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड २२ लाख मात्र खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क १३.२२ प्रतिशत बढेर १ अर्ब ३७ करोड ४६ लाख २६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २१ करोड ८६ लाख ७७ हजार खुद बीमा शुल्क आर्जन गरेको थियो ।
असोज मसान्तसम्ममा कम्पनीको कुल बीमा शुल्क ६२ प्रतिशत बढेर १३ अर्ब ८५ करोड ४१ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद दाबी ६६.६६ प्रतिशत बढेर ४० करोड ५३ लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ८६ लाख ७६ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
कम्पनीले असोज मसान्तसम्ममा २० करोड २९ लाख रुपैयाँ अभिकर्ता कमिशन दिएको छ ।
असोज मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ, जगेडा कोष २२.०२ प्रतिशत बढेर ९३ करोड ४९ लाख रुपैयाँ, जीवन बीमा कोष ४९.१८ प्रतिशत बढेर ६ अर्ब ६३ करोड ३३ लाख रुपैयाँ र महाविपत्ती कोष २२.६१ प्रतिशत बढेर १० करोड ३२ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीमा १९९ दाबी संख्या वापत ३२ करोड ४७ लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको छ । कम्पनीले हालसम्म २ लाख ४० हजार ९८४ कुल बीमालेख संख्या जारी गरेको छ ।