काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले देशका विभिन्न १८ शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर र मार्केटिङका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले कलैया, खजुरा, राजविराज, सिन्धुली, बनेपा, मनहरी, विर्तामोड, दमौली, इलाम, फिदिम, सल्याण, ताप्लेजुङ, टिकापुर, तुलसीपुर, छिन्चु, हेटौडा, जनकपुर र तौलिहवाको लागि कर्मचारी मागेको कम्पनीले जनाएको छ ।
कम्पनीले मागेको पदको लागि न्यूनतम प्लस टु गरेको हुनुपर्नेछ । इच्छुक तथा योग्यता पुगेकाले कम्पनीमा सम्पर्क गरी आवेदन दिन सकिनेछ ।