विश्वकप फुटबल हेर्न मिडिया हबले शुल्क लिन पाउने

<p>काठमाडौं । मिडिया हब प्रालिले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क लिन पाउने भएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि कात्तिक २२ गते जारी अल्पकालीन अन्तरिम आदेशलाई  निरन्तरता नदिन आदेश गरेको छ । यसअघि सर्वोच्चले मिडिया हब प्रालि तथा टेलिभिजन सेवा प्रदायकले विश्वकप हेर्न प्रति ग्राहक ५ सय रुपैयाँ लिने निर्णय कार्यान्वयन [&hellip;]</p>

काठमाडौं । मिडिया हब प्रालिले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क लिन पाउने भएको छ ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि कात्तिक २२ गते जारी अल्पकालीन अन्तरिम आदेशलाई  निरन्तरता नदिन आदेश गरेको छ ।

यसअघि सर्वोच्चले मिडिया हब प्रालि तथा टेलिभिजन सेवा प्रदायकले विश्वकप हेर्न प्रति ग्राहक ५ सय रुपैयाँ लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

अधिवक्ता किशोर पौडेलले मिडिया हबले विश्वकप हेर्न शुल्क लिनेकोविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

 

 

Share News