काठमाडौं । नेपाल बीमा प्राधिकरणले संस्थागत बीमा अभिकर्ताहरुले नाममा प्रयोग गरिएका बीमा तथा सो सम्बद्द शब्दहरुले सेवाग्राहीमा दुविधा उत्पन्न भएकाले यस्ता शब्द प्रयोग नगर्न निर्देशन दिएको छ । बीमा कम्पनीहरुलाई संस्थागत बीमा अभिकर्ताहरुको नाम सिफारिस गर्दा ‘बीमा’ नाम नजोड्न अर्थात् नामको अन्त्यमा इन्योरेन्स एजेन्ट राख्न निर्देशन दिएको हो ।
‘संस्थागत बीमा अभिकर्ता बन्ने त्यस्ता संस्थाको प्रवन्ध पत्र तथा नियमावलीमा नामको पछाडी ‘बीमा अभिकर्ता’ अर्थात् ‘इन्स्योरेन्स एजेन्ट’ शब्द अनिवार्य राख्नुपर्नेछ,’ बीमा कम्पनीलाई पठाइएको पत्रमा उल्लेख गरेको छ ।