नेपाल लाइफको भुक्तानी अब एनपीएस मार्फत गर्न सकिने

<p>काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले भुक्तानी अब एनिपएस मार्फत गर्न सकिने भएको छ । बैंक र नेपाल क्लियरिङ्ग हाउस (एनसिएचएल) बीच भएको सम्झौता अनुसार अब नेपाल लाइफको सम्पुर्ण भुक्तानी एनिपएसमार्फत हुने भएको हो । सम्झौता पत्रमा नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र एनसिएचएल तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर [&hellip;]</p>

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले भुक्तानी अब एनिपएस मार्फत गर्न सकिने भएको छ । बैंक र नेपाल क्लियरिङ्ग हाउस (एनसिएचएल) बीच भएको सम्झौता अनुसार अब नेपाल लाइफको सम्पुर्ण भुक्तानी एनिपएसमार्फत हुने भएको हो ।

सम्झौता पत्रमा नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र एनसिएचएल तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात नेपाल लाइफको आन्तरिक भुक्तानी प्रणालीलाई एनसिएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी एनिपएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सकिनेछ । जस मार्फत नेपाल लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरु गर्न सक्नेछ भने नेपाल लाइफको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रकृया पनि थप व्यवस्थित हुने कम्पनीले जानकारी दिएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले १५ लाखभन्दा बढी बीमितहरुलाई कम्पनीका १९७ शाखा सञ्जालहरु र २१२,३६२ अभिकर्ताहरु मार्फत सेवा दिइरहेको छ ।

Share News