एकर्ड फर्मास्युटिकल्सले आइपीओ जारी गर्ने

<p>काठमाडौं । एकर्ड फर्मास्युटिकल्सले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधरणको लागि सात करोड ६ लाख ९० हजार रुपैयाँ बराबरको सात लाख ६ हजार ९०९ कित्ता सेयर जारी गर्ने भएको हो । कम्पनीले यसको लागि एनआईबिएल एस क्यापिटललाई  प्रत्याभूतिकर्ता नियुक्त गरेको छ ।उक्त सम्झौतामा एकर्ड फर्मास्युटिकल्सका तर्फबाट प्रबन्ध निर्देशक बिशाल पण्डित तथा एनआईबिएल एस क्यापिटलका [&hellip;]</p>

काठमाडौं । एकर्ड फर्मास्युटिकल्सले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधरणको लागि सात करोड ६ लाख ९० हजार रुपैयाँ बराबरको सात लाख ६ हजार ९०९ कित्ता सेयर जारी गर्ने भएको हो ।

कम्पनीले यसको लागि एनआईबिएल एस क्यापिटललाई  प्रत्याभूतिकर्ता नियुक्त गरेको छ ।उक्त सम्झौतामा एकर्ड फर्मास्युटिकल्सका तर्फबाट प्रबन्ध निर्देशक बिशाल पण्डित तथा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्।

एकर्ड फर्मास्युटिकल्स औषधि उत्पादन गर्ने उद्योगका रुपमा सन् २०१३ मा दर्ता भएको कम्पनी हो । कम्पनीले काठमाडौं उपत्यकामा ठूलो लगानी तथा अत्याधुनीक उपकरण सहित बृहत् उद्योग सञ्चालनमा ल्याएको थियो रआफ्नो व्यावसायिक उत्पादन फेब्रुअरी २०२१ देखि शुरु गरी व्यवसायिक कारोबार सुभारम्भ गरेको थियो ।

यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौ स्थित सुबिधानगर, तीनकुनेमा रहेको छ ।

Share News