काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ६ सय रुपैयाँले र चाँदी २० रुपैयाँले घटेको हो ।
आज घटेकाे मूल्य अनुसार छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ र चाँदी १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।