प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य

<p>काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ अघिल्लो दिन प्रतितोला ९६ हजार ८०० मा कारोबार भएको सुन एक हजार रुपैयाँले बढेर ९७ हजार ८०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन [&hellip;]</p>

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ अघिल्लो दिन प्रतितोला ९६ हजार ८०० मा कारोबार भएको सुन एक हजार रुपैयाँले बढेर ९७ हजार ८०० तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ३०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० रुपैयाँले बढेर एक हजार ३०५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

Share News