लगानीको अवसर : १ सय रुपैयाँमा सेयर बिक्री गर्न ५ कम्पनीलाई सेबोनको अनुमति

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथामिक सेयर (आईपीओ) निष्कासनका लागि आवेदन दिएका विभिन्न ५ कम्पनीलाई अनुमति दिएको छ । सेबोने विभिन्न ५ हाइड्रोपावर कम्पनीलाई ३ अर्ब ९८ करोड बराबरको ३ करोड ९८ लाख कित्ता आईपीओका निष्कासन गर्न अनुमति दिएको हो । सेबोनले माया खोला हाइड्रोपावर कम्पनी लिमिटेड, एशियन हाइड्रोपावर कम्पनी लिमिटेड, शुभम पावर [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथामिक सेयर (आईपीओ) निष्कासनका लागि आवेदन दिएका विभिन्न ५ कम्पनीलाई अनुमति दिएको छ । सेबोने विभिन्न ५ हाइड्रोपावर कम्पनीलाई ३ अर्ब ९८ करोड बराबरको ३ करोड ९८ लाख कित्ता आईपीओका निष्कासन गर्न अनुमति दिएको हो ।

सेबोनले माया खोला हाइड्रोपावर कम्पनी लिमिटेड, एशियन हाइड्रोपावर कम्पनी लिमिटेड, शुभम पावर कम्पनी लिमिटेड, सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेड र सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । यी कम्पनीहरुले आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा सेयर निष्कासन गर्नेछन् ।

माया खोला हाइड्रोपावर कम्पनीलले १ अर्ब रूपैयाँ बराबरको १ करोढ कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ ।

एशियन हाइड्रोपावर कम्पनीलाई ३४.७१ प्रतिशत अर्थात् ३४ करोड रूपैयाँ बराबरको ३४ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ ।

सुपर मादी हाइड्रोपावर कम्पनीले २ अर्ब १० करोड रूपैयाँ बराबरको २ करोड १० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ निष्कासन बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

सुपरमाई हाइड्रोपावर कम्पनीले ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ ।

शुभम पावर कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा मुकतिनाथ क्यापिटल छ ।

Share News