काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले मंसिर ८ गतेदेखि संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले संस्थापक समूहतर्फको ७ हजार १५० कित्ता सेयर बिक्री गर्ने भएको हो ।
लघुवित्तले बिक्रीमा राखेको उक्त संस्थापक सेयरको मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ तोकिएको छ । आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरि आवेदन पेश गर्ने सकनेछ । उक्त सेयर खरिदको लागि बोलकबोल गर्दा न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने छ ।
सेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक सेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी मंसिर २५ गतेभित्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ टेकु काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश सक्नेछन् ।