काठमाडौं । माउन्टेन इनर्जी नेपालले पुस ८ गतेको लागि वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित गर्न वार्षिक साधारणसभा बोलाएको हो ।
कम्पनीको संचालक समितीले गत वर्षको नाफाबाट सेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यसको लागि कम्पनीले मंसिर २८ गतेको लागि बुक क्लोज मिति तोकेको छ । त्यसैले २७ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम भएका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।