हिमालयन डिष्टिलरीले ७० प्रतिशत लाभांश दिने, पुस २७ गते डाक्यो साधारण सभा

<p>काठमाडौं । हिमालयन डिष्टिलरी सेयरधनीलाई ७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । शुक्रबार बसेको कम्पनीको संचालक समिती बैठकले यस्तो प्रस्ताव गरेको हो । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न पुस २७ गते साधारण सभा बोलाएको छ [&hellip;]</p>

काठमाडौं । हिमालयन डिष्टिलरी सेयरधनीलाई ७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

शुक्रबार बसेको कम्पनीको संचालक समिती बैठकले यस्तो प्रस्ताव गरेको हो । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न पुस २७ गते साधारण सभा बोलाएको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २० गते बुधबार बुक क्लोज मिति तोकेको छ । त्यसैले पुस १९ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम भएका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

कम्पनीले यस वर्ष दिने भनेर प्रस्ताव गरेको लाभांश गत वर्षको भन्दा कम रहेको छ । कम्पनीले गत वर्ष लगानीकर्ताहरुलाइ चुक्ता पुँजीको ७५ प्रतिशत बोनस सेयर तथा २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Share News