नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा, २ वर्ष यताकै कम

<p>काठमाडौं । नेपाल हाइड्रो डेभलपरले गत आर्थिक वर्षको सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको ११ गते बसेको बैठकले ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद गरी कूल ५.२६३२ [&hellip;]</p>

काठमाडौं । नेपाल हाइड्रो डेभलपरले गत आर्थिक वर्षको सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको ११ गते बसेको बैठकले ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद गरी कूल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको चुक्ता पूँजी ३१ करोड ९९ लाख ३० हजार रुपैयाँ रहेको छ । कम्पनीले १ करोड ५९ लाख ९६ हजार रुपैयाँ बराबरको बोनस सेयर र ८ लाख ४१ हजार ९२१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्तावित लाभांश आगामी १६ औं वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद गरी कूल ७.३६८४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Share News