काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ अघिल्लो दिन प्रतितोला ९७ हजार ६०० मा कारोबार भएको सुन पाँच सय रुपैयाँले बढेर ९८ हजार १०० तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसयी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार १०० रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४० रुपैयाँले बढेर एक हजार ३३० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।