काठमाडौं । नेपाली आकासमा उडान भरिरहेका वायुसेवालाई विभिन्न १६ विधामा अवार्ड दिईने भएको छ । सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्डस कार्यक्रमअन्तर्गत नेपाली वायुसेवाहरुलाई अवार्ड दिन लागिएको हो ।
साे कार्यक्रम डिसेम्बर १३ का दिन नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा हुने छ । यस सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्डस नेपालमा हाल काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २७ वायुसेवा प्रदायक आन्तरिक तर्फका ९ वायुसेवाले प्रतिस्पर्धा गर्नेछन् । यस अवार्डको निष्पक्षता र गरिमालाई दरिलो बनाउन आयोजकले नेपालमा सेवा प्रदायकको रूपमा सक्रिय वायुसेवा तथा वायुसेवा व्यवसायमा आबद्ध संघसंस्थाहरूसँग कुनै पनि किसिमको आर्थिक सहयोग, नोमिनेसन फी वा स्पोनसरसिप लिएको छैन भने स्वतन्त्र लब्धप्रतिष्ठित व्यक्तिहरू सम्मिलित निर्णायक मण्डललाई निर्णयको सर्वाधिकार सुम्पिइएको छ ।
यसरी दिईने अवार्डलाई पारदर्शी तथा स्वच्छ बनाउनका लागि आयोजकले विभिन्न क्षेत्रका प्रतिनिधि सम्मिलित नोमिनेसन बोर्ड गठन गरेको छ । हाल ९ सदस्य रहेको सो बोर्डले आफ्नो पहिलो बोर्ड बैठक राखि कार्य शुरु गरेको छ । उल्लेखित विधामा नोमिनेसन भएका वायुसेवालाई विभिन्न माध्यमबाट सर्बसाधारण, ट्राभल एजेन्सी र वायुसेवा स्वयंले समेत गर्नसक्ने भोटिङ्गमा रहने अशुद्धि हटाई अवार्डको नोमिनेसनलाई सहजता र मर्यादित बनाउने मुल उद्देश्य लिएको नोमिनेसन बोर्डले आपासी छलफलका माध्यमबाट सबैखाले नियम तथा कार्यपद्धती बनाउन सक्ने अधिकार सम्पन्न रहेको सस्तो टिकेट्स् वेष्ट एअरलाइन्स अवार्डस्का उपाध्यक्ष्य लाल चन्द्र गौतमले बताएका छन् ।
नेपाली पर्यटन क्षेत्रलाई एकै पटक विश्वभरका सञ्चार माध्यमको चासोमा ल्याउने र नेपाली पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको उच्चतम कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने अभिप्रायका साथ सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्ड्स् नेपाल २०२२ घोषणा गरिने भएको हो ।

यस अवार्डको नोमिनेसन बोर्डमा नायिका वर्षा राउत, इतिहाद एअरवेजकी पूर्व महाप्रबन्धक पावना श्रेष्ठ, नाटाकी गिता ढकाल, एक्टिभ उमन अफ नेपालकी अध्यक्ष बाबा सरकार श्रेष्ठ, खल्तीका सहसंस्थापक अमित अग्रवाल, सेलिब्रेटी फोटोग्राफर राज भाई सुवाल, इन फ्लाईट सेफ बेद अधिकारी, स्प्यारो एसएमएसका सह संस्थापक मनिस मोदी र ग्रैह आवसीय नेपाली संघकी पूर्व उपाध्यक्ष सपिला राजभण्डारी रहेका यस नोमिनेसन बोर्डमा बोर्ड सदस्यले आवश्यकता महशुष गरे थप सदस्य समेत मनोनयन गर्न सक्नेछन् ।