काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाबाट पारित भएपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
लघुवित्तले घोषणा गरेको उक्त लाभांश हालसम्म कै उच्च रहेको छ । यसअघि लघुवित्तले सो भन्दा धेरै लाभांश वितरण गरेको थिएन ।
लघुवित्तले आर्थिक वर्ष २०६८/६९ मा सेयरधनीहरुलाई १५.७९ प्रतिशत, आर्थिक वर्ष २०६९/७० मा १५ प्रतिशत, आर्थिक वर्ष २०७०/७१ मा १५.७९ प्रतिशत र आर्थिक वर्ष २०७४/७५ मा १२.६३१६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यस्तै, आर्थिक वर्ष २०७१/७२, २०७२/७३ र २०७३/७४ मा १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, आर्थिक वर्ष २०७५/७६ मा १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद गरी कूल १७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, आर्थिक वर्ष २०७६/७७ मा ९.५ प्रतिशत बोनस सेयर र ४.१८४२ प्रतिशत नगद गरी कूल १३.६८४२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, आर्थिक वर्ष २०७७/७८ मा १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
