बिफिनले घोषणा गर्याे १४.७० प्रतिशत लाभांश

<p>काठमाडौं । काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूट अफ नेपाल लिमिटेड (बिफिन) ले सेयरधनीहरुलाई १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनी गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी ४ करोड ९५ लाख रुपैयाँको १४.७० प्रतिशत अर्थात् ७२ लाख ७६ हजार ५०० सय रपैयाँ बराबरको नगद लाभाशं (कर प्रयोजनको [&hellip;]</p>

काठमाडौं । काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूट अफ नेपाल लिमिटेड (बिफिन) ले सेयरधनीहरुलाई १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनी गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी ४ करोड ९५ लाख रुपैयाँको १४.७० प्रतिशत अर्थात् ७२ लाख ७६ हजार ५०० सय रपैयाँ बराबरको नगद लाभाशं (कर प्रयोजनको लागि समेत) वितरण गर्ने भएको हो ।

कम्पनीले लाभांश प्रस्ताव पारित गर्न बिफिनको कार्यालय नयाँ बानेश्वर काठमाडौंमा अपरान्ह ३ बजे चौंथो वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको सभाले लाभांश वितरण प्रस्ताव सहित आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, विस्तृत नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण, पूँजीमा भएको परिवर्तन लगायत तत्सम्बन्धी सम्पूर्ण अनुसुचीहरु उपर छलफल गरि स्विकृत गर्नछ ।

यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाहृय लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने छ । कम्पनीको लेखापरीक्षक श्री केजे एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्तीका लागी योग्य रहेको बताएको छ ।

Share News