काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका छन् । यो समय सेयरधनीहरुका लागि लाभांश सिजन हो । वर्षभरिको कमाएको नाफा सेयरधनीहरुलाई वितरण गरिने भएकाले कम्पनीहरुले पनि धमाधम लाभांश वितरण गरिरहेका छन् ।
नेप्सेमा सूचीकृत ५९ वटा लघुवित्त वित्तीय संस्थाहरुमध्ये हालसम्म ३ वटा लघुवित्तले मात्रै सेयरधनीहरुलाई गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । जाल्पा सामुदायिक लघुवित्त, आरएसडिसी लघुवित्त, फष्र्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हुन् ।
जाल्पा सामुदायिक लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७३ प्रतिशत बोनस सेयर र ३.८४२१ प्रतिशत नगद गरी कूल ७६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल चुक्ता पूँजी ८० करोड ५१ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
यस्तै, आरएसडिएसी लघुवित्त गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल चुक्ता पूँजी १६ करोड रुपैयाँ रहेको छ ।
यस्तै, फष्र्ट माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल चुक्ता पूँजी ९६ करोड ४४ लाख ९२ हजार रुपैयाँ रहेको छ ।
यी तीनै लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाबाट पारित भएपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।