राधी विद्युतको सेयर बाँडफाँट, कट अफ प्राइस १९५ रुपैयाँ

<p>काठमाडौं । राधी विद्युत कम्पनीको अवितरित हकप्रद सेयर बाँडफाँट गरिएको छ । कम्पनीले कात्तिक २९ गतेदेखि मंसिर ८ गतेसम्म सर्वसाधारण समूह तर्फको १३ लाख ५२७ कित्ता अवितरित हकप्रद सेयर शिलबन्दी बोलपत्रद्धारा खरिद आह्वान गरेको थियो । उक्त अवधिमा परेको आवेदन मंसिर १४ गतेका दिन खोली मंसिर १६ गते निष्काशनकर्ता कम्पनीको संचालक समितिले बाँडफाँट गरेको कम्पनीले [&hellip;]</p>

काठमाडौं । राधी विद्युत कम्पनीको अवितरित हकप्रद सेयर बाँडफाँट गरिएको छ । कम्पनीले कात्तिक २९ गतेदेखि मंसिर ८ गतेसम्म सर्वसाधारण समूह तर्फको १३ लाख ५२७ कित्ता अवितरित हकप्रद सेयर शिलबन्दी बोलपत्रद्धारा खरिद आह्वान गरेको थियो । उक्त अवधिमा परेको आवेदन मंसिर १४ गतेका दिन खोली मंसिर १६ गते निष्काशनकर्ता कम्पनीको संचालक समितिले बाँडफाँट गरेको कम्पनीले जनाएको छ ।

बाँडफाँटमा नपरेको सेयर वापतको रकम फिर्ता भुक्तानी मंसिर २० गतेदेखि आवेदकहरुले आवेदन फाराममा उल्लेख गरेको बैंक र वित्तीय संस्थाको खातामा आईपीएसमार्फत रकमान्तर गरिने कम्पनीले बताएको छ ।

साथै आफ्नो खातामा रकम जम्मा भए नभएको एकिन गरि रकम जम्मा नभएको खण्डमा मुक्तिनाथ क्यापिटलमा सम्पर्क राख्न हुन कम्पनीले आग्रह गरेको छ । बाँडफाटको अन्तिम मूल्य (कट अफ प्राइस) १९५ रुपैयाँ रहेको छ । उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँट गरिएको कम्पनीले बताएको छ । बाँडफाँटको विवरण बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेभसाइटमा हेर्न सकिनेछ ।

Share News