काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी म्युचुअल फण्ड नबिल फ्लेक्सी क्याप फण्डका इकाई बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले कात्तिक २३ गतेदेखि मंसिर ७ गतेसम्म प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका ७ करोड ५० लाख इकाई बिक्री खुला गरेको थियो ।
जसमध्ये १ करोड १२ लाख ५० हजार वा कुल निष्काशन गरिने इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धकका लागि १४ प्रतिशत अर्थात् १ करोड ५ लाख इकाई र योजना व्यवस्थापकका लागि १ प्रतिशत अर्थात् लाख ५० हजार इकाई छुट्याइएको थियो । बाँकी रहेको ६ करोड ३७ लाख ५० हजार इकाई मध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई निष्काशन गरिएको थियो ।
उक्त फण्डमा परेकोे इकाई मंसिर १८ गतेको दिन बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।