मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

<p>काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । सोमबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२.३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६५ [&hellip;]</p>

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । सोमबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२.३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद गरी कूल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

Share News