काठमाडौं । सोमबारको सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज अनुसार सोमबार सेयर बजार २६.५२ अंकले घटेको हो । यसरी बजार घट्दा सेयर १९३६.६४ विन्दुमा पुगेको छ ।
नेप्सेको अनुसार आज ४० लाख ६१ हजार ६५७ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६४ करोडको कारोबार भएको छ । जसमा सबैभन्दा धेरै रिडी पावर कम्पनीको ३० करोड २१ लाख बढीको कारोबार भएको छ । रिडीपछि सबैभन्दा बढी शिवम् सिमेन्टको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कमाउनेमा सयपत्री हाइड्रोपावर रहेको छ । सयपत्रीको सेयर मूल्य आज ११ रुपैयाँले बढेको हो । यस्तै, सबैभन्दा बढी गुमाउनेमा अजोड इन्स्योरेन्स रेहको छ । आज अजोडले ३३ रुपैयाँ गुमाएको छ ।