युनिलिभर नेपालको १२१५ प्रतिशत लाभांश आज पारित हुँदै

<p>काठमाडौं । युनिलिभर नेपालको वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीको २९ औँ वार्षिक साधारणसभा आज मंसिर २० गते होटल एभरेष्ट, नयाँ बानेश्वरमा दिउँसो साढे ४ बजे हुने भएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२१५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ [&hellip;]</p>

काठमाडौं । युनिलिभर नेपालको वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीको २९ औँ वार्षिक साधारणसभा आज मंसिर २० गते होटल एभरेष्ट, नयाँ बानेश्वरमा दिउँसो साढे ४ बजे हुने भएको हो ।

कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२१५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन, कम्पनीको आर्थिक वर्ष २०७८÷७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू र आर्थिक वर्ष २०७९÷८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने र नयाँ सञ्चालकहरु चयन गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ मंसिर ४ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले त्यसैले मंसिर ४ गतेभन्दा अघि नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै साधारण सभामा सहभागीता र लाभांश प्राप्त गर्नेछन् ।

Share News