काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका छन् । यो समय सेयरधनीहरुका लागि लाभांश सिजन हो । वर्षभरिको कमाएको नाफा सेयरधनीहरुलाई वितरण गरिने भएकाले कम्पनीहरुले पनि धमाधम लाभांश वितरण गरिरहेका छन् ।
नेप्सेमा सूचीकृत ५९ वटा जलविद्युत कम्पनी सूचीकृत छन् । जसमध्ये हालसम्म ८ वटा जलविद्युत कम्पनीले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
हालसम्म अरुण भ्याली हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, सानिमा माई हाइड्रोपावर, अरुण कावेली पावर, रुरु जलविद्युत परियोजना, माउन्टेन इनर्जी नेपाल, युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोवर र रिडी पावर कम्पनीले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।
रुरु जलविद्युत परियोजनाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको उक्त लाभांश १७ औं साधारण सभाले पारित गरिसकेको छ ।
यस्तै, अरुण कावेली पावरले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत गरी कल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको उक्त लाभांश १२औं साधारण सभाले पारित गरिसकेको छ ।
यस्तै, सानिमा माइ हाइड्रोपावरले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५.२७ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीको लाभांश ११ औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।
यस्तै, माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश वित।ण गर्ने प्रस्ताव गरेको छ ।
यस्तै, नेपाल हाइड्रो डेभलपर्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.०२६ प्रतिशत नगद गरी कूल ५.०२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
अरुण भ्याली हाइड्रोपावरले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद गरी कूद ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस्तै, युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोवरले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २८ गते १३ औं वार्षिक साधारण सभा बोलाएको छ ।
यस्तै, रिडी पावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.१ प्रतिशत नगद लाभांश गरी कूल ४२.१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।