
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । लघुवित्तको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई २७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३६८४ प्रतिशत नगद गरी कूल २७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तको हाल चुक्ता पूँजी १ अर्ब २४ करोड १० लाख ६६ हजार रुपैयाँ रहेको छ । चुक्ता पूँजीको ३२ करोड २६ लाख ७७ हजार २४५ रुपैयाँ बोनस सेयर र १ करोड ६९ लाख ८३ हजार १३ रुपैयाँको नगद गरी कूल ३३ करोड ९६ लाख ६० हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने भएको हो ।
लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।