सेयर बजार सामान्य अंकले गिरावट, लाभांश घोषणा गरेको एनएमबि बैंकको सेयर मूल्य घट्यो

<p>काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ४.८७ अंकले घटेर १९३३.८८ अकंमा बन्द भएको हो । लाभांश वितरण गर्ने सिजन भएपनि नेप्से सामान्य अंकले घटेको हो । पछिल्लो समय निर्वाचन सम्पन्न भएपनि कुन पार्टीको सरकार बन्छ भन्ने अन्यौलता सेयर लगानीकर्ताहरुमा रहेकाले कारण बजार सामान्य घटेको लगानीकर्ताहरु बताउँछन् [&hellip;]</p>

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ४.८७ अंकले घटेर १९३३.८८ अकंमा बन्द भएको हो । लाभांश वितरण गर्ने सिजन भएपनि नेप्से सामान्य अंकले घटेको हो । पछिल्लो समय निर्वाचन सम्पन्न भएपनि कुन पार्टीको सरकार बन्छ भन्ने अन्यौलता सेयर लगानीकर्ताहरुमा रहेकाले कारण बजार सामान्य घटेको लगानीकर्ताहरु बताउँछन् ।

मंगलबारबार दिनभरिमा २३८ कम्पनीको २५ लाख ८१ हजार कित्ता सेयर १९ हजार पटक किनबेच हुँदा ९६ करोड ५२ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

मंगलबार धौलागिरी लघुवित्तको सेयर मूल्य सर्वाधिक ८.१७ प्रतिशतले बढेको छ । लघुवित्तको सेयर मूल्य ३४८.१० रुपैयाँ पुगेको छ । यस्तै, आज शिवम् सिमेन्टको सर्वाधिक ८ करोड १२ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा एनएमबि बैंकको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । बैंकले मंगलबार लाभांश घोषणा गरेपनि ६.०७ प्रतिशतले सेयर मूल्य घटेको हो । बैंकको १५.३० रुपैयाँ घटेर २३६.७० रुपैयाँमा सिमित भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Share News