
काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार रुपैयाँ छ । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
कम्पनीले साधारणसभा पुस २२ गते शुक्रबारका लागि आह्वान गरेकाे छ । यस्तै, कम्पनीले पुस ३ गते एक दिनका लागि बुक क्लोज मिति तोकेको हो । तसर्थ पुस २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरु मात्र लाभांशका लागि योग्य हुनेछन् ।