काठमाडौं । विन नेपाल लघुवित्तले एफपीओ जारी गर्ने एसबिआई मर्चेन्टलाई बिक्री प्रबन्धकमा नियुक्त गर्ने भएको छ । लघुवित्त र मुक्तिनाथबीच निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारीका लागि बुधबार सम्झौता भएको हो ।
लघुवित्तले ५१ हजार २९३ कित्ता एफपीओ बिक्री गर्न जनाएको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा धितोपत्र बोर्डले स्वीकृति दिने प्रिमियम मूल्य थप गरी एफपीओ बिक्री गर्न लागेको हो ।
यद्दपि, विन नेपाल लघुवित्तले एफपीओ निष्कासनका लागि बोर्डसँग अनुमति माग्न भने बाँकी नै रहेको छ ।