सेयर बजार १६.५१ अंकले घट्दा दुई कम्पनीमा लाग्यो सर्किट, सानिमा बैंकको उच्च कारोबार

<p>काठमाडौं । बुधबार सेयर बजार १६.५१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार घट्दा नेप्से परिसुचक १९१७.२८ विन्दुमा पुगेको छ । घटेको बजारमा दुई कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । नकारात्मक सर्किट लाग्नेमा नाडेप लघुवित्त वित्तिय संस्था र ग्लोबल आइएमई बैंकको रहेको छ । यस्तै, आज सबैभन्दा बढी खप्तड लघुवित्त [&hellip;]</p>

काठमाडौं । बुधबार सेयर बजार १६.५१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार घट्दा नेप्से परिसुचक १९१७.२८ विन्दुमा पुगेको छ ।

घटेको बजारमा दुई कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । नकारात्मक सर्किट लाग्नेमा नाडेप लघुवित्त वित्तिय संस्था र ग्लोबल आइएमई बैंकको रहेको छ ।

यस्तै, आज सबैभन्दा बढी खप्तड लघुवित्त वित्तिय संस्थाका सेयरधनीले कमाएको छ । आज १८ औं वार्षिकोत्सवको मनाउँदै गरेको सानिमा बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको आज ६७ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

बुधबार ८० लाख ९२ हजार ७१९ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ ।

Share News