काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप २ कम्पनीको कारोबार फुकुवा भएको छ । नेप्सेले समीट लघुवित्त वित्तीय संस्था र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार फुकुवा गरेको हो ।
नेप्सेले दुवै कम्पनीको आधारभूत सेयरधनीबाहेकको सेयर कारोबार फुकुवा गरेको जनाएको छ । धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । आइतबारदेखि दोश्रो बजारमा दुवै कम्पनीको कारोबार सुरू हुनेछ ।
नेप्सेमा समीट लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ९६३.९० रुपैयाँ रहेको छ भने सानिमा लाइफको सेयर मूलय प्रतिकित्ता ३४५.९० रुपैयाँ रहेको छ । सोही मूल्य अनुसार आइतबारदेखि कारोबार हुनेछ ।