बिहीबार सेयर कारोबार नहुने

<p>काठमाडौं । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) बिहीबार बन्द हुने भएको छ । नेपाल सरकारले मंसिर २२ गते उधौली पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ । सोही कारण सेयर बजार पनि बन्द हुने भएको हो । अब आइतबार मात्रै सेयर बजारमा कारोबार हुनेछ । सरकारले उधौली पर्व र योमरी पुन्हिको अवसरमा भोली बिहीबार सार्वजनिक विदा दिने [&hellip;]</p>

काठमाडौं । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) बिहीबार बन्द हुने भएको छ । नेपाल सरकारले मंसिर २२ गते उधौली पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ ।

सोही कारण सेयर बजार पनि बन्द हुने भएको हो । अब आइतबार मात्रै सेयर बजारमा कारोबार हुनेछ ।

सरकारले उधौली पर्व र योमरी पुन्हिको अवसरमा भोली बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । किराँत समुदायले भोलि उधौली र नेवार समुदायले योमरी पुन्हि मनाउँदैछन् ।

Share News