कालीमाटी फलफूल बजार समितिले ४ वटा सटर बिक्री गर्दै, मासिक भाडा कति ?

<p>काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलेले सटर भाडामा दिने भएको छ । समितिको कृषि उपज बजार बालाजुमा रहेका सटर भाडामा सञ्चालन गर्न दिने भएकाले बोलपत्र पेश गर्न आग्रह गरेको हो । समितिको कृषि उपज बजार बालाजुमा रहेको सटर सञ्चालन गर्ने भएकाले इच्छुक व्यक्ति, फर्म, ठेकेदार, संघ सस्था वा कम्पनीहरूले सूचना प्रकाशित भएको [&hellip;]</p>

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलेले सटर भाडामा दिने भएको छ । समितिको कृषि उपज बजार बालाजुमा रहेका सटर भाडामा सञ्चालन गर्न दिने भएकाले बोलपत्र पेश गर्न आग्रह गरेको हो ।

समितिको कृषि उपज बजार बालाजुमा रहेको सटर सञ्चालन गर्ने भएकाले इच्छुक व्यक्ति, फर्म, ठेकेदार, संघ सस्था वा कम्पनीहरूले सूचना प्रकाशित भएको २१ दिनभित्र बोलपत्र पेश गर्न आग्रह गरेको हो ।

बोलपत्र फाराम सटर सञ्चालनका लागि ५ सय रुपैयाँ समितिको कार्यालय कालीमाटी र कृषि उपज बजार बालाजुबाट खरिद गरी कबोल गरेको वार्षिक रकमको २५ प्रतिशत रकम धरौटी जम्मा गरिएको भौचर पेस गर्नु पर्नेछ ।

समितिले उक्त सटहरहरु ५ वर्षका लागि भाडामा दिने भएको हो । तरकारी/फलफूल/दुग्धजन्य/पुष्प/मह/बिउविजनका लागि सटर नं. १, ४, डी र ई भाडामा दिने समितिले जनाएको छ ।

२१५ वर्गफिट क्षेत्रफल भएको सटर नं. १ को मासिक भाडा ३४ हजार १४३ रुपैयाँ तोकिएको छ । यस्तै, २१२ वर्गफिट क्षेत्रफल भएको सटर नम्बर ४ को मासिक भाडा ३५ हजार ५१० रुपैयाँ, १५२ वर्गफिट क्षेत्रफल भएको सटर नम्बर डीको मासिक भाडा २६ हजार ७१५ रुपैयाँ र ९७ वर्गफिट क्षेत्रफल भएको सटर नम्बर ईको मासिक भाडा १७ हजार ७१६ रुपैयाँ तोकिएको छ ।

Share News