बैंकहरुको विरोधमा गाडी व्यापारीको आन्दोलन (फोटोफिचर)

<p>काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सरकारको विरुद्धमा आज काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । नाडाले सरकार तथा राष्ट्रिय बैंकबाट जारी नीतिका विरुद्ध विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शन आज एकै साथ ७ वटै प्रदेशमा भएको नाडाका अध्यक्ष ध्रुव थापाले बताए । आयतको प्रतिबन्ध खुलाए पनि नेपाल राष्ट्र बैंकले अटोमोवाइल व्यवसायसँग [&hellip;]</p>

काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सरकारको विरुद्धमा आज काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । नाडाले सरकार तथा राष्ट्रिय बैंकबाट जारी नीतिका विरुद्ध विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शन आज एकै साथ ७ वटै प्रदेशमा भएको नाडाका अध्यक्ष ध्रुव थापाले बताए । आयतको प्रतिबन्ध खुलाए पनि नेपाल राष्ट्र बैंकले अटोमोवाइल व्यवसायसँग सम्बन्धित विषयहरूमा एकपछि अर्को व्यवसाय अमैत्री नीति नियमहरू ल्याएको विरोधमा नाडाले आन्दोलन गरेको उनले बताए ।

‘पुँजी कर्जा तथा बैंकको व्याज तथा प्रिमियम दरमा गरिएको वृद्धिका कारण यो व्यवसाय तहस नहस हुने अवस्थामा पुगेको छ, सयौं अटोमोवाइल शोरुमहरु बन्द भइसकेका छन् भने थप अन्य शोरुमहरु समेत बन्द हुने क्रममा रहेका छन्, यस्तो स्थितिका कारण यस व्यवसायमा आश्रित हजारौं कर्मचारीहरू समेत बेरोजगार बन्न पुगेका छन्,’ उनले भने ।

नाडाले विभिन्न १० बुँदे माग राख्दै आन्दोलन गरेको हो । माग पुरा नभए अझै कडा रूपमा प्रस्तुति हुने अध्यक्ष थापाले बताए ।

Share News