काठमाडौं । पाँचथर पावर कम्पनीले गत सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरको हो ।
मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ।
आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गर्नेछ ।