नुप्चे लिखु जलविद्युतले ६५ करोडको आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल नियुक्त

<p>काठमाडौं । भिजन इनर्जी एण्ड पावरद्वारा प्रवद्र्धित नुप्चे लिखु जलविद्युत आयोजनाले आइपीओ निष्काशन गर्ने भएका छ । कम्पनीले ६५ करोड रुपैयाँ बराबरको ६५ लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत सेयर अर्थात ३२ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र कम्पनीको जारी पूँजीको अधिकतम १० प्रतिशत सेयर अर्थात [&hellip;]</p>

काठमाडौं । भिजन इनर्जी एण्ड पावरद्वारा प्रवद्र्धित नुप्चे लिखु जलविद्युत आयोजनाले आइपीओ निष्काशन गर्ने भएका छ । कम्पनीले ६५ करोड रुपैयाँ बराबरको ६५ लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले जारी पूँजीको १० प्रतिशत सेयर अर्थात ३२ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र कम्पनीको जारी पूँजीको अधिकतम १० प्रतिशत सेयर अर्थात ३२ लाख ५० हजार कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गर्ने जनाएको छ ।

कम्पनीले यसको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरिएको छ ।

भिजन इनर्जी एण्ड पावर कम्पनी (भिइपीएल) ले ऊर्जा उत्पादन गर्ने कम्पनीहरुमा लगानी गर्ने (पानी, वायु, सौर्य ऊर्जा, वायो ग्याँस जस्ता वैकल्पिक ऊर्जा श्रोतहरुको प्रयोग गरेर साना वा मझौला आयोजनाहरु मार्फत) र ऊर्जा सम्बन्धित परियोजनाहरु आफै निर्माण गर्ने गर्दछ ।

हाल यस कम्पनीले नुप्चे खोला र लिखु खोलाको पानी प्रयोग गरी रामेछापको उमाकुण्ड गा।पा। वडा नं. १ मा नुप्चे लिखु जलविद्युत आयोजना (५७.५ मेगावाट) निर्माण गरिरहेको छ ।

सरकारी स्वामित्व रहेको हाइड्रइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनीको लगानी रहेको यस कम्पनी निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न जनाएको छ ।

Share News