लाभांश प्रस्ताव पारित गर्न एनआरएन इन्फ्रास्टक्चरले डाक्यो साधारणसभा, बैठक भत्ता वृद्धि गर्ने

<p>काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले १० औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको मंसिर १६ गते शुक्रबार बसेको बैठकले दशौं वार्षिक साधारण सभा पौष २० गते बुधबार बिहान ११ बजे, आम्रपाली ब्यान्क्वेट काठमाण्डौंमा बोलाएको हो । कम्पनीको सभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को [&hellip;]</p>

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले १० औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको मंसिर १६ गते शुक्रबार बसेको बैठकले दशौं वार्षिक साधारण सभा पौष २० गते बुधबार बिहान ११ बजे, आम्रपाली ब्यान्क्वेट काठमाण्डौंमा बोलाएको हो ।

कम्पनीको सभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार रुपैयाँको ५.२६ प्रतिशत अर्थात् ६ करोड ४३ लाख ४० हजार ९२५ रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, १० औं वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०७८/७९ लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को वार्षिक नाफा नोक्सान हिसाब विवरण तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्नेछ ।

यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने र लेखापरीक्षण समिति लगायत अन्य उपसमितिहरूको बैठक भत्ता निर्धारण गर्नेछ ।

Share News