पावर ट्रान्समिसनको १८ प्रतिशत लाभांश घोषणा

<p>काठमाडौं । पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेडले सेयरधनीहरुलाई १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनी संचालक समितिको सिफारिसमा सेयरधनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पुँजीको १८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न १४ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर [&hellip;]</p>

काठमाडौं । पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेडले सेयरधनीहरुलाई १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनी संचालक समितिको सिफारिसमा सेयरधनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पुँजीको १८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न १४ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले १४ औं वार्षिक साधारण सभा दरवारमार्ग काठमाण्डौं स्थित नेपाल विद्युत प्राधिकरणको सभा हलमा पुस २२ गते अपरान्ह ४ बजे बोलाएको हो । ,

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल आषाढ मसान्तको वासलात र आर्थिक वर्ष २०७८/७९ को नाफा र नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

Share News