विदेशमा रहेका नेपालीले भर्ने आईपीओमा जिज्ञासा नै जिज्ञासा, सेबोनले दियो दर्जनौंको जवाफ

<p>वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सार्वजनिक निष्कासन भएका धितोपत्र खरिद गर्न कस्तो व्यवस्था गरिएको छ ? नेपाल धितोपत्र बोर्ड द्वारा जारी &#8216;धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३&#8217; को नियम ९ को उपनियम (६क) अनुसार &#8216;संगठित संस्थाले शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित शेयरको दश प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी [&hellip;]</p>


वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सार्वजनिक निष्कासन भएका धितोपत्र खरिद गर्न कस्तो व्यवस्था गरिएको छ ?

नेपाल धितोपत्र बोर्ड द्वारा जारी ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३’ को नियम ९ को उपनियम (६क) अनुसार ‘संगठित संस्थाले शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित शेयरको दश प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याई बाँडफाँड गर्नुपर्ने’ भन्ने व्यवस्था गरिएको छ ।

यो व्यवस्था कहिलेदेखि लागू भएको हो ?

नेपाल धितोपत्र बोर्डद्वारा २०७९ कार्त्तिक १७ गते देखि लागू हुने गरी ‘धितोपत्र निष्काशन तथा बाँडफाँड (छैठौं संशोधन) निर्देशिका, २०७९’ जारी गरेकोले उक्त मिति पश्चात् धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति प्राप्त गर्ने सम्पूर्ण संगठित संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशनमा यो व्यवस्था लागू हुन्छ।

बैदेशिक रोजगारीमा रहेका नेपालीले यस किसिमको निष्काशनमा खरिद आवेदन दिन के के मापदण्ड पुरा गर्नुपर्छ ?

बैदेशिक रोजगारीमा रहेका नेपालीको लागि छुट्याईएको धितोपत्रको शेयर खरिद आवेदन दिनका लागि निम्न बमोजिमको मापदण्ड पुरा गरेको हुनु पर्छः
१. नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आधा सदस्य बैंक मार्फत आफ्नो नाममा विप्रेषण (रेमिट्यान्स) वचत खाता खोल्नु पर्छ ।
२. सिडिएससिवाट अनुमति प्राप्त निक्षेप सदस्य (डिपि) मार्फत आफ्नो नाममा हितग्राही खाता खोल्नु पर्छ ।
३. नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको विवरण पेश गरि विप्रेषण (रेमिट्यान्स) बचत खाताको लागि बैंक मार्फत सिआरएन (सि आश्वा रजिष्ट्रेशन नम्बर) लिनु पर्छ ।
४. आफ्नो विप्रेषण रेमिटयान्स । वचत खातामा पछिल्लो छ महिनामा कम्तीमा पचास हजार रुपैयाँ आफू रोजगार रहेको मुलुक बाट जम्मा गरेको हुनुपर्छ । आवेदकले सार्वजनिक निष्काशन हुने अन्तिम मितिभित्र आफू रोजगार रहेको मुलुकबाट रकम जम्मा गरी आवेदन दिन सक्नेछन् ।

के श्रम स्वीकृति नभई बिदेशमा रहेका नेपालीले यो सुविधा प्राप्त गर्न सक्छन् ?

सक्दैनन् । श्रम स्वीकृति नभई विदेशमा रहेका नेपालीले यो सुविधा प्राप्त गर्न सक्दैनन् ।

के यो व्यवस्था लागू हुनु पूर्व सार्वजनिक निष्काशनमा सहभागी भएका बैदेशिक रोजगारीमा रहेका नेपालीका हकमा फेरि नयाँ हितग्राही खाता तथा बैंक खाता खोल्नु पर्छ ?

यो व्यवस्था लागू हुनु पूर्व सार्वजनिक निष्काशनमा सहभागी भएका वैदेशिक रोजगारीमा रहेका नेपालीले यो व्यवस्था अनुरूप छुट्याईएको धितोपत्र खरिद आवेदन दिनका लागि फेरि नयाँ हितग्राही खाता खोल्नु पर्दैन । तर बैंक खाता भने विप्रेषण (रेमिटयान्स) वचत खाता नै खोल्नु पर्छ । त्यसैले आफ्नो बैंकमा सम्पर्क गरी आफ्नो नाममा विप्रेषण ९रेमिट्यान्स० बचत खाता खोली उक्त खाताको लागी नयाँ सिआरएन नम्बर लिनु पदर्छ ।

सीआरएन नम्बर भनेको के हो ?

धितोपत्रको सार्वजनिक निष्कासनका क्रममा खरिद आवेदन दिने आवेदकको हितग्राही खाता तथा बैंक खाता रुजु गरी योग्य आवेदकलाई सिडिएससिको सि-आश्वा प्रणालीमा दर्ता गरी प्रदान गरिने दर्ता नम्बर लाई सि आधा रजिष्ट्रेशन नम्बर-सीआरएन नम्बर भनिन्छ । धितोपत्र खरिद आवेदन दिनका लागि प्रत्येक आवेदकका लागि यो नम्बर अनिवार्य गरिएको छ ।

पहिले देखिनै विप्रेषण खाता सञ्चालनमा रहेको अवस्थामा पुनः नयाँ विप्रेषण (रेमिट्यान्स) बचत खाता खोल्नु पर्छ ?

पर्दैन । पहिले देखिनै विप्रेषण खाता सञ्चालनमा रहेको अवस्थामा आफ्नो बैंकमा सम्पर्क गरी श्रम स्वीकृतिको कागजात पेश गरपश्चात वैंकवाट खाताको स्किम परिवर्तन भएको जानकारी प्राप्त गरेपछि सार्वजनिक निष्काशनमा आवेदन दिन सकिन्छ ।

हालसम्म हितग्राही खाता तथा विप्रेषण (रेमिट्यान्स) बचत खाता नखोलेका र हाल विदेशमा नै बसिरहेका नेपाली नागरिकले यो सुविधा प्राप्त गर्न के गर्नु पर्ला ?

हाल विदेशमै रहेका नागरिकले हितग्राही (डिपि) खाता खोल्नका लागि सिडिएससि बाट निक्षेप सदस्यता प्राप्त गरेका संस्था तथा विप्रेषण (रेमिट्यान्स) बचत खाता बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका बैंक तथा वित्तीय संस्था मार्फत अनलाइन खाता खोल्न सकिन्छ । यसका लागि आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाको वेभ साइटमा उपलब्ध गराइएको विद्वतिय (अनलाईन) माध्यमको प्रयोग गरी खाता खोल्न सकिन्छ ।

के विप्रेषण (रेमिट्यान्स) बचत खातामा स्वदेशबाट नै रकम जम्मा गरेर खरिद आवेदन दिन पाईन्छ ?

पाईदैन । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाइएको धितोपत्र खरिद आवेदन दिनका लागि विदेशवाट आफ्नो विप्रेषण (रेमिट्यान्स) वचत खातामा जम्मा गरेको रकम सिमाभिव रही धितोपत्रको निष्काशनमा खरिद आवेदन दिन पाईन्छ ।

बैदेशिक रोजगारीमा रहेका नेपालीका लागी छुट्टाइएको धितोपत्र निष्काशनमा खरिद आवेदन दिने तरिका के के हुन् ?

आस्बा सदस्या बैंक मार्फत विप्रेषण (रेमिट्यान्स) बचत खाताका लागि सिआरएन नम्बर प्राप्त गरेका बैदेशिक रोजगारीमा रहेका नेपालीले मेरो शेयर मार्फत वा आस्बा सदस्य बैंकको शाखा कार्यालयमा सम्पर्क गरी खरिद आवेदन दिन सक्छन् ।

के बैदेशिक रोजगारीमा रहेका नेपालीका लागी छुट्टाइएको धितोपत्रको निष्काशनमा खरिद आवेदन दिनेले सर्वसाधारणका लागि छुट्टयाईएको धितोपत्रको निष्काशनमा समेत खरिद आवेदन दिन पाईन्छ ?

पाईदैन । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागी छुट्टाइएको धितोपत्रको निष्काशनमा खरिद आवेदन दिई शेयर प्राप्त गरेका व्यक्तिले सर्वसाधारणका लागि छुट्टयाईएको धितोपत्रको निष्काशनमा खरिद आवेदन दिन पाईदैन ।

बैदेशिक रोजगारीमा रहेका नेपालीका लागी छुट्टाइएको धितोपत्रको निष्काशनमा खरिद आवेदन दिने पक्रियामा समस्या भएमा के गर्ने ?

धितोपत्रको निष्काशनमा खरिद आवेदन दिने पक्रियामा समस्या भएमा सि-आस्वा रजिष्ट्रेशन नम्बर (सीआरएन) लिएको आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी समस्याको समाधान गर्न सकिन्छ। आस्बा सदस्य बैंकबाट उक्त समस्या समाधान नभएमा सिडिएससि एण्ड क्लियरिङ्ग लि. मा सम्पर्क गरी सो समस्याको समाधान गर्न सकिन्छ ।

Share News