३२ अंकले घट्यो सेयर बजार, सीवाईसीमा सर्किट

<p>काठमाडौं । आईतबारको सेयर बजार दोहोर अंकले घटेको छ । साताको पहिलो दिनमै सेयरबजार ३१.९७ अंकले घटेर १ हजार ८८५.३१ बिन्दुमा झरेको छ । आइतबार सबै समूहका सेयर घटेको छ । जसमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक र अन्य समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ । आज तीन सय ५३ वटा कम्पनीको ३५ लाख १२ [&hellip;]</p>

काठमाडौं । आईतबारको सेयर बजार दोहोर अंकले घटेको छ । साताको पहिलो दिनमै सेयरबजार ३१.९७ अंकले घटेर १ हजार ८८५.३१ बिन्दुमा झरेको छ ।

आइतबार सबै समूहका सेयर घटेको छ । जसमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक र अन्य समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ । आज तीन सय ५३ वटा कम्पनीको ३५ लाख १२ लाख कित्ता सेयर एक अर्ब १० करोड ३४ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड ९३ लाख र नबिल बैंकको सात करोड ५८ लाख रुपैयाँको सेयर किनबेच भएकोे छ ।

आज सबैभन्दा धेरै नदिप लघुवित्तको सेयर १० प्रतिशत र पाँचथर पावर कम्पनीको सेयर सात प्रतिशतले घटेको छ ।

यस्तै, आइतबारको सेयर बरोबारमा सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र समिट लघुवित्तको सेयर मूल्यमा १० प्रतिशत सकारात्मक सर्किट लागेको छ । यस्तैगरी, मैलुङखोला जलविद्युत् कम्पनीको सेयर साढे नौ प्रतिशतले बढेको छ ।

Share News