नेपाल ल्यूब आयलको लाभांश तपाइँको खातामा आयो ?

<p>काठमाडौं । नेपाल ल्यूब आयलले सेयरधनीहरुको खातामा लाभांश जम्मा गरेको छ । कम्पनीको गत असोज २८ गते सम्पन्न ३१ औं वार्षिक साधारण सभाले पारित गरेको ५ प्रतिशत नगद लाभांश सेयरधनीको खातामा जम्मा गरेको जनाएको छ । असोज १३ गतेसम्म हितग्राहि खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा भइरहेको कम्पनीले जनाएको छ । असोज [&hellip;]</p>

काठमाडौं । नेपाल ल्यूब आयलले सेयरधनीहरुको खातामा लाभांश जम्मा गरेको छ । कम्पनीको गत असोज २८ गते सम्पन्न ३१ औं वार्षिक साधारण सभाले पारित गरेको ५ प्रतिशत नगद लाभांश सेयरधनीको खातामा जम्मा गरेको जनाएको छ ।

असोज १३ गतेसम्म हितग्राहि खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा भइरहेको कम्पनीले जनाएको छ । असोज १३ गतेपश्चात् बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा पनि क्रमशः लाभांश जम्मा गरिरहेको कम्पनीले बताएको छ ।

हालसम्म सेयर प्रमाणपत्र अभौतिकिकरण (डिम्याट) नगरेका सेयरधनीहरुले डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्य (डिपि) मा सम्पर्क गरी आफ्नो सेयर प्रमाणपत्र अभौतिकिकरण गर्न कम्पनीले आग्रह गरेको छ । नेपाल क्लियरीङ्ग हाउस अन्तर्गत आइपीएस सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो खाता नम्बर सहितको विवरण अद्यावधिक गराउन कम्पनीले आग्रह गरेको हो ।

यदि सेयरधनीले उपलब्ध गराएको बैंक खाताको विवरण गलत भई अरुको नाममा लाभांश रकम जम्मा भएमा सोको जिम्मेवार सम्बन्धित सेयरधनी स्वयम् हुने कम्पनीले बताएको छ ।

असोज १३ गतेसम्म कम्पनीको सेयर धितो राखेका सेयरधनीहरुले नो अब्जेक्सन लेटर उपलब्ध गराए पश्चात् मात्र बैंक खातामा नगद लाभांश जम्मा गरिनेछ ।

Share News