काठमाडौं । सोमबारको सेयर बजार १६.८७ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार बढ्दा सेयर १९०२.२८ विन्दुमा पुगेको छ ।
यसरी सेयर बजार बढ्दा दुई लघुवित्त कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा समिट लघुवित्त र सिवाइसी लघुवित्त रहेको छ । यस्तै, आज ग्लोबल आइएमई ब्यालेन्सड फण्डका सेयरमा नकारात्कम सर्किट लागेको छ ।
आज आइतबार ३० प्रतिशत लाभांश घोषणा गरेको नबिल बैंकको सेयर मूल्य घटे पनि बैंकको सेयर आज सबैभन्दा धेरै कारोबार भएको छ । नेप्सेको अुनसार आज नबिलको २१ करोड ३२ लाख कित्ता सेयर कारोबार भएको छ ।