काठमाडाैं । अपर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाको लागि नागरिक लगानी कोषलाई नियुक्त गरेको छ । नागरिक लगानी कोष र अपर तामाकोशी हाइड्रोपावरबीच साेमबार यसबारे सम्झाैता भएकाे छ ।
कम्पनीले १:१ को अनुपातमा अर्थात (१ कित्ता शेयर बराबर १ कित्ता सेयर) का दरले साविकका सेयरधनीहरूलाई १०० रुपैयाँ दरले १० अर्बकाे हकप्रद सेयर जारी गर्दैछ ।
यस्तै, नागरिक लगानी कोषले आफु मुख्य निष्काशन तथा बिक्री प्रबन्धक भई सनराइज क्यापिटललाई सह-निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त्त गरेको छ ।