लाभांश पारित गर्न गरिमा विकास बैंकले पुस २२ गते बोलायो साधारणसभा

<p>काठमाडौं । गरिमा विकास बैंकले पुस २२ गतेको लागि वार्षिक साधारणसभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश पारित गर्न साधारणसभा बोलाएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । साधारणसभाले प्रस्ताव पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् । यसको [&hellip;]</p>

काठमाडौं । गरिमा विकास बैंकले पुस २२ गतेको लागि वार्षिक साधारणसभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश पारित गर्न साधारणसभा बोलाएको छ ।

बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । साधारणसभाले प्रस्ताव पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् ।

यसको लागि बैंकले पुस ८ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस ७ गते नेपाल स्टक एक्सचेन्जमा कारोबार भएका बैंकका सेयरधीले मात्र लाभांश पाउनेछन् ।

Share News