
काठमाडौं । सोनाम गियरले आफ्नो उत्पादनमा वार्षिक विन्टर छुटको अफर सार्वजनिक गरेको छ । कम्पनीले मंसिर २४ गतेदेखि पुस १६ गतेसम्म लागु हुनेगरी उक्त छुट अफर सार्वजनिक गरेको हो ।
कम्पनीले अफर अन्तर्गत छानिएका निश्चित वस्तुहरुमा ७० प्रतिशत सम्म छुट पाइने जनाएको छ । साथै नयाँ कलेक्सनमा पनि १५ प्रतिशतको विशेष छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको कम्पनीले जनाएको छ ।
सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् ।
राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिवुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, नाम्चे, पोखराको लेकसाइड र न्युरोडमा र बुटवलमा पनि सोनमका सोरुम रहेका छन् ।