काठमाडौं । चन्द्रगिरी हिल्सले पुस २१ गतेको लागि वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको बिहीबार बिहान बसेको संचालक समितिको बैठकले पुस २१ गते बिहान ११ बजे थानकोटमा १३ औं वार्षिक साधारणसभा बोलाएको हो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १२ गते मंगलबार एक दिनेको लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन पारित गर्ने, कम्पनीको लेखापरिक्षक नियुक्त गर्नुको साथै संस्थापक सेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्न संचालकको निर्वाचन गर्न सम्बन्धी निर्णय गर्नेछ ।